punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा ४ सय ३१ क्षयरोगी भेटिए

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा एक वर्षको अवधिमै ४३१ नयाँ क्षयरोगका बिरामी भेटिएका छन्।आर्थिक वर्ष २०७६÷७७ मा कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र अछाम जिल्लामा गरिएको परीक्षणबाट नयाँ क्षयरोगका बिरामी फेला परेका हुन् ।

क्षयरोगको सङ्क्रमण भएका १ हजार ५ सय परिवारको सम्पर्कमा रहेका व्यक्तिको खकार जाँच गर्दा नयाँ क्षयरोगी पत्ता लागेको स्वास्थ्य निर्देशनालय राजपुरका किटजन्य अधिकृत हेमराज जोशीले जानकारी गराए। उनले सोही अवधिमा ३ सय व्यक्तिको खकारको नमूना सङ्कलन गरी जाँच गरिएको थियो।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले यसरी बिरामी पत्ता लाग्दा लुकेर बसेका क्षयरोगी स्वास्थ्य संस्थाको सम्पर्कमा आएको जानकारी गराएकाछन्।

यसले समयमै उपचार प्राप्त गरी निको हुने र सङ्क्रमण नबढ्ने अवस्थीले जानकारी गराए। लुकेर बसेका क्षयरोगी पत्ता लागेका कारणले बिरामी चाँडै निको हुने, बिरामीको स्वास्थ्य अवस्था खराब हुनबाट बच्न सकिने, अकालमा हुने मृत्युबाट जोगाउन सकिने र सबभन्दा सबल पक्षका रूपमा अन्य व्यक्तिलाई रोग सर्नबाट बचाउन सकिने उनको बताए।


१२ मंसिर २०७७, शुक्रवार १२:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु