कञ्चनपुरमा मृत भेटिएका युवकको पहिचान खुल्यो
शुक्रवार बिहान कञ्चनपुरमा मृत फेला परेका पुरुषको पहिचान खुलेको छ । भानु पार्टी प्यालेस अगाडी मृत फेला परेका युवक बेदकोट नगरपालिका वडा नम्बर ४ का २४ वर्षीय कमल दमाई रहेको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता नायव उपरिक्षक अमरबहादुर थापाले जानकारी दिए ।
उनी शुक्रवार बिहान‘ ६ बजेर ५० मिनेटको समयमा भानु पार्टी प्यालेस नजिकै टेलिफोनको तारको पासोले घाँटी बेरेको अवस्थामा घाँटीमा तारको पासो बेरिएको अवस्थामा मृत फेला परेका थिए । घटनाको अनुसन्धान भइरहेको नायव उपरिक्षक अमरबहादुर थापाले बताउनु भयो ।
१२ मंसिर २०७७, शुक्रवार १२:३५ बजे प्रकाशित































