थप ११९७ जनामा कोरोना संक्रमण, ९ को मृत्यु
पछिल्लो २४ घण्टामा देशभर थप ११ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै ११ सय ९७ जनामा नयाँ संक्रमण देखिएको जनाएको हो । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या २ हजार ९३४ रहेको छ ।
यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या घटेर ३३ हजार ३७९ पुगेको छ । मन्त्रालयले जारी गरेको सूचनामा कोरोनाका कारण पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ९ रहेको छ भने हालसम्म नेपालमा कोरोनाका कारण १२ सय ३० जनाले ज्यान गुमाइसकेका छन् ।
नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख १० हजार ९७३ रहेको छ । तीमध्ये १ लाख ७६ हजार ३६४ जना निको भइसकेका छन् ।
हालसम्म नेपालमा १६ लाख, १३ हजार ९११ को पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।
१ मंसिर २०७७, सोमवार १८:०६ बजे प्रकाशित













