कोरोना संक्रमणबाट दुई चिकित्सकको निधन

कोरोना संक्रमणबाट दुई जना चिकित्सकको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार बिरामीहरुको उपचारका क्रममा कोरोना संक्रमण भएर वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सुनिल झा र नारायणबहादुर थापाको निधन भएको हो ।

डाक्टर सुनिल झा चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक समेत हुन् । यस्तै डाक्टर थापा नेपाल बर्न सोसाइटी तथा इशान हस्पिटलका अध्यक्ष हुन् ।

डाक्टर झाको सोमबार बिहान र डाक्टर थापाको आइतबार राति निधन भएको मन्त्रालयले जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले समवेदनासमेत प्रकट गरेको छ ।


१ मंसिर २०७७, सोमवार १८:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु