नगरप्रमुख वड र उप–प्रमुख भट्टद्धारा दिपावलीको शुभकामना ब्यक्त

धनगढी उप–महानगरपालिका नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले दिपावली २०७७ को अवसरमा नगरबासीमा शुभकामना कामना ब्यक्त गरेका छन् ।

प्रमुख र उप–प्रमुखले संयुक्त रुपमा शुभकामना सन्देश जारी गरेका हुन् । ‘हिन्दुहरुको दोश्रो ठूलो चाड शुभ–दीपावली २०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नगरवासी दाजुभाइ दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।’ शुभकामना सन्देशमा उल्लेख छ ।

त्यस्तै, ‘घरघरमा दीपावली गरी हर्षोल्लासका साथ लक्ष्मीपूजा,भाई टिका लगाई मनाइने यस चाडले सम्पूर्ण नेपालीहरुको मुहारमा उज्यालोपन ल्याउन सकोस, आपसी मेलमिलाप, भातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्व कायम गरी देशमा आर्थिक समृद्धिको ढोका खोलेर समुन्नत नेपाल निर्माणको अभियानमा अघि बढ्न शुभ दिपावलीले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछौं ।’ जारी सन्देशमा उल्लेख गरिएको छ ।

शुभकामना सन्देशसंगै कोरोना महामारीको जोखिम भएकाले आवश्यक काम बाहेक घर बाहिर ननिस्किन, बजारमा किनमेल गर्दा, अनिवार्य रुपमा सामाजिक एवम् भौतिक दुरी कायम गर्न, देउसी भैलो खेल्ने कार्यक्रमको आयोजना नगर्न, जोखिम घटाउनका लागि मास्कको प्रयोग गर्न, पटक पटक साबुन पानीले हात धुन, सरसफाईमा ध्यान दिन र ज्वरो आउने, थकाई लाग्ने, सुख्खा खोकी लागिरहेमा स्वास्थ्यकर्मीको परामर्श लिन सबैमा हार्दिक आह्वान गरिदएको छ ।


२८ कात्तिक २०७७, शुक्रवार १८:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु