punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यो वर्ष देउसी–भैलो खेल्न पाइने कि नपाइने ? यस्तो छ सरकारको आग्रह

Chaupati
safha napa

सरकारले यो वर्षको तिहारमा देउसी–भैलो नखेल्न आग्रह गरेको छ । देउसी–भैलो खेल्दा कोरोना संक्रमण फैलने जोखिम भएकाले सरकारले यस्तो आग्रह गरिएको हो ।

गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै घरभित्रै बसेर चाडपर्व मनाउन आग्रह गरेको छ । चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड लागू गर्न र भिडभाड नगर्न आग्रह विज्ञप्तिमा आग्रह गरिएको छ ।

गृह मन्त्रालयले देउसी–भैलो खेल्न बालबालिकालाई घरबाहिर जान नदिन अभिभावकहरूलाई आग्रह गरेको छ । धेरै जिल्लाले देउसी–भैलो खेल्न प्रतिबन्ध लगाउने निर्णय नै गरिसकेका छन् । उपत्यकाका तीनवटै जिल्लामा पनि रोक लगाउने तयारी छ ।

मन्त्रालयले पटाका, भुइँचम्पा, आतसबाजीजस्ता वस्तुको प्रयोगलाई पूर्ण रूपमा बन्देज गरिएको जनाएको छ । तिहार तथा छठको समयमा हुन सक्ने कालोबजारी नियन्त्रणका लागि सबै जिल्ला प्रशासन कार्यालयलाई अनुगमन गर्न निर्देशन दिइएको प्रवक्ता बुढाले बताए ।

साथै चाडपर्व विशेष सुरक्षा योजनाअन्तर्गत उपत्यकामा प्रहरीले चेकजाँच बढाएको छ । बुधबारदेखि मुख्य सडकहरूमा चेकपोस्ट थपेर चेकजाँच गरिएको छ । ट्राफिक प्रहरीले दिउँसै मापसे जाँचसमेत थालेको छ ।


२७ कात्तिक २०७७, बिहीवार ०७:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु