punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उपत्यकामा कडा निषेधाज्ञा गर्न माग, मेयर फोरमले गर्यो यस्तो प्रस्ताव

Chaupati
safha napa

कोरोना भाइरस (कोभिड)१९० नियन्त्रणका लागि उपत्यकामा कडा निषेधाज्ञा लगाउन माग गरिएको छ । उपत्यका मेयर फोरमले तिहार र छठपछि कडा निषेधाज्ञा जारी गर्न कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्र ९सीसीएमसी० लाई आग्रह गरेको छ ।

बुधबार सीसीएमसीका पदाधिकारीहरुसँगको बैठकमा मेयर फोरमका पदाधिकारीहरुले यस्तो आग्रह गरेका हुन् । काठमाण्डौ उपत्यकामा बढ्दो सङ्क्रमणको दर र यसलाई नियन्त्रणका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको मेयर फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताए ।

उपत्यकामा बढिरहेको सङ्क्रमण दर नियन्त्रणका लागि तिहार, छठ लगत्तै निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा गम्भीर छलफल भएको उनले बताए । उपत्यकामा बढिरहेको सङ्क्रमणलाई नियन्त्रण गर्न कडा निषेधाज्ञा आवश्यकता रहेको उनले बताए ।

सीसीएमसीका पदाधिकारीहरुसँगको छलफलमा कोभिडबाट उत्पन्न समस्या समाधानका विषयमा पनि छलफल भएको उनले बताए ।


२७ कात्तिक २०७७, बिहीवार ०६:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु