punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पञ्‍चदेवलका वडाध्यक्ष धामीको शव अझै उठेन

Chaupati
safha napa

अछाम: अछामको पन्चदेवल नगरपालिका–२ का वडाध्यक्ष पदम बहादुर धामीको शंकास्पद मृत्यु भएको तीन दिन भइसक्दा पनि शव उठ्न सकेको छैन। मृतकका आफन्तहरु एवम्‌ स्थानीयले आजपनि विहानैदेखि विनायक बजार बन्द गराएका छन्‌।

धामीको शव मंगलबार बिहान ५ बजे गैरीगाँउस्थित गोठछानामा फेला परेको थियो। प्रहरीका अनुसार धामीको अनुहारै चिन्न नसकिने गरी चोटपटक देखिएको छ।  हत्याराको पत्ता नलागेसम्म शव उठाउन नदिने आफन्तको अडानका कारण हालसम्म पोष्टमार्टम समेत हुने सकेको छैन।

अछाम प्रशासन, प्रहरी र स्थानीय तह र स्थानिय अगुवाहरुले शवको पोस्टमार्टमका लागी पहल गरिरहेका छन्‌। प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, अछाम प्रहरी प्रमुख डिएसपी दीपक भारती, नगर उपप्रमुख अम्बिका चलाउने , नेकपाका प्रदेश सदस्य नन्द बहादुर कडायत, नेपाली कांग्रेस अछामका सभापतति भरतकुमार स्वाँरलगायत आफन्तहरुले बुधबार विभिन्न चरणमा छलफल गरेपनि निस्कर्षमा पुग्न सकेका छैनन्‌।  

हत्या भएको आशंका हत्याको विरोधमा बुधबार बिहानैदेखि विनायकबजार पुर्ण रुपमा बन्द रहेको छ। दिनभर विनायकमा प्रर्दशन समेत गरिएको थियो।

मृतक धामीका निकटले गरेको आन्दोलनकै कारण मध्यपहाडी लोकमार्गमा पनि दिनभर यातायात आवागमन ठप्प भएको थियो।  मृतक धामीका भतिजा दिपेन्द्र धामीका अनुसार आफन्तहरुले हत्याराको पत्ता लगाउन प्रहरी प्रशासनले ढिलाई गरेको भन्दै बिहीबार पनि विनायक बजार बन्दको आह्वान गरिएको छ।

प्रहरीले सिआईवी र तालिमप्राप्त कुकुरको माध्यमबाट अनुसन्धान शुरू गरेको छ। कुकुरले मृतक अध्यक्ष दिउँसो हिँडेको स्थान पहिचान गरेको स्थानीयले बताएका छन्‌। तर उनको हत्या भएको स्थान भने कुकुरले पत्ता लगाउन सकेको छैन।


२३ माघ २०७६, बिहीवार ०२:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु