धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को कार्यालयमा तालाबन्दी
धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को कार्यालयमा तालाबन्दी गरिएको छ। वडा नम्बर ३ को वडहरामा शव दाह स्थल निर्माण गर्ने भने पनि अहिले वडा नम्बर ९ मा निर्माण हुने भएपछि स्थानीयहरु विरोधमा उत्रिएको बताएका हुन ।
उपमहानगरपालिकाले वडा नम्बर ३ मा शव दाह स्थल निर्माण गर्ने भनेर एक करोड ६० लाख विनीयोजन गर्दै ठेक्का सम्झौता गरेको भए पनि तर अहिले केहि कारण बस वडा नम्बर ९ मा निर्माण हुने भएपछि बिहिवार उनिहरुले कार्यालयमा तालाबन्दी गरेको वडा नम्बर ३ का वडाध्यक्ष बल बहादुर ऐरले बताए ।
२३ माघ २०७६, बिहीवार ०८:११ बजे प्रकाशित