punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाइने

Chaupati
safha napa

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि प्रदेशका चार प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न स्वीकृति दिएको छ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले धनगढीस्थित सेती प्रादेशिक अस्पताल, लम्कीचुहा प्रादेशिक अस्पताल, टीकापुर प्रादेशिक अस्पताल र महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद्ले सम्बन्धित निकायसँग आवश्यक सम्झौता गर्ने तथा कानुनी र प्रशासनिक प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ।

प्रदेश सरकारको निर्णयसँगै विश्वविद्यालयको शैक्षिक संरचना विस्तार गर्ने प्रक्रिया अघि बढ्ने भएको छ। चारवटै अस्पताललाई शिक्षण अस्पतालका रूपमा उपयोग गर्ने व्यवस्था भएपछि सुदूरपश्चिममै चिकित्सा शिक्षा अध्यापन सुरु गर्ने आधार तयार हुने भएको छ।


२१ साउन २०८३, बिहीवार १२:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु