प्रधानमन्त्री शाहले आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन नगर्ने, सांसद्हरूले सोधेको प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभा बैठकको आजको बैठकमा सम्बोधन नगर्ने भएका छन् । प्रतिनिधि सभाको क्यालेन्डरअनुसार हरेक महिनाको ३० गते प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्ने उल्लेख छ ।

तर, आजको बैठकमा प्रधानमन्त्रीले सम्बोधन नगरी सांसद्हरूले सोधेको प्रश्नको जवाफ अर्थमन्त्री स्वर्णीम वाग्लेले दिने भएका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार उनले सम्बोधन गर्ने जिम्मा वाग्लेलाई दिएका छन् । तर यसको कारणबारे भने सचिवालयले स्पष्ट पारेको छैन ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते संघीय संसद्मा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि भइरहेको छलफलका क्रममा सांसदहरूले राखेको जिज्ञासाको प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम संसद् सचिवालयले तय गरेको थियो ।

यसका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।


३० वैशाख २०८३, बुधवार ११:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु