मुख्यमन्त्री शाहद्वारा सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन आह्वान

धनगढी।  सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन आह्वानका लागि मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन्।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम आगामी चैत्र २४ गते मंगलबार अपराह्न ४ बजे अधिवेशन आह्वान गर्न सिफारिस गरिएको छ।

यसैगरी, नेपालको संविधानको धारा १६६ को उपधारा (२) बमोजिम अधिवेशन आह्वानका लागि बिहीबार औपचारिक रूपमा सिफारिस पत्र प्रदेश प्रमुखसमक्ष पठाइएको हो ।

प्रदेश प्रमुखबाट अधिवेशन आह्वानको घोषणा भएपछि सातौँ अधिवेशन औपचारिक रूपमा सुरु हुने छ।


१९ चैत २०८२, बिहीवार १७:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु