सुदूरपश्चिमका ९ क्षेत्रमा रास्वपाको अग्रता, अन्यमा को अगाडि ?
धनगढी। सुदूरपश्चिममा ९ ठाउँमा रास्वपाले अग्रता लिएको छ। यस्तै एमाले र कांग्रेसले ३-३ र नेकपाले १ ठाउँमा मात्रै सुरुवाती अग्रता लिएको छ। प्रदेशका १६ वटा निर्वाचन क्षेत्र मध्ये अहिलेसम्म रास्वपाले कञ्चनपुरका तीन, कैलालीका १, ३, ४, र ५ मा पनि अग्रता लिएको छ।
यस्तै, रास्वपाले डडेल्धुरा र बैतडीमा पनि अग्रता लिएको छ। कैलाली–२, अछाम–२ र बझाङमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ। यस्तै, मतगणना जारी रहेको दार्चुला, बाजुरा, डोटीमा कांग्रेसले सुरुवाती अग्रता लिएको छ। अछाम–१ मा भने नेपाली कम्युनिस्ट पार्टीले अग्रता लिएको छ।
२३ फागुन २०८२, शनिवार ०७:५१ बजे प्रकाशित













