punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दशरथ चन्द विश्वविद्यालय र सुख्खा बन्दरगाह सरकारको प्राथमिकतामा छ:अर्थमन्त्री खनाल

Chaupati
safha napa

धनगढी।  अर्थमन्त्री रामेश्वर खनालले सुदूरपश्चिम प्रदेशको समृद्धिसँग जोडिएका ठूला आयोजना निर्माण तथा सञ्चालनमा वर्तमान सरकार पूर्ण रूपमा सकारात्मक रहेको बताएका छन्।

वर्तमान सरकारको मुख्य दायित्व आगामी प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु भए तापनि त्यसका साथै सम्भव भएसम्म विकास निर्माणका काम पनि अघि बढाइने उनले स्पष्ट गरे।

हिजो धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन र दोधारा–चाँदनी सुख्खा बन्दरगाह निर्माण जस्ता दीर्घकालीन महत्वका योजनाहरू सरकारको प्राथमिकतामा रहेको बताए ।

जेन्जी आन्दोलनबाट उठेका परिवर्तनका मागलाई संस्थागत गर्न समयमै निर्वाचन आवश्यक रहेको भन्दै उनले वर्तमान सरकार विकास निर्माणभन्दा बढी सुशासनमा केन्द्रित रहेको उल्लेख गरे। मंसिर २१ गतेको निर्वाचनपछि युवापुस्ताले चाहेका प्रतिनिधिहरू निर्वाचित भई आए देशले नयाँ युगमा प्रवेश गर्ने उनको विश्वास छ।

अर्थमन्त्री खनालले देशभर पुनर्निर्माणका काम तीव्र रूपमा अघि बढिरहेको र भूकम्प तथा अन्य कारणले क्षतिग्रस्त भएका सरकारी कार्यालयहरूको पुनर्निर्माणमा सरकार सक्रिय रहेको पनि बताए।

निर्वाचनको सुरक्षा व्यवस्थाबारे जनताले कुनै चिन्ता लिनुपर्ने अवस्था नरहेको बताउँदै उनले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन हुनेमा विश्वस्त रहन आग्रह गरे। सरकारको पहिलो प्राथमिकता नै निर्वाचन सफल बनाउनु रहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले निर्वाचनसँगै समग्र विकासको यात्रालाई पनि निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।

 

 


२३ मंसिर २०८२, मंगलवार १०:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु