punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धान खरिद र मल अनुदानको कोटा बढाउन अर्थमन्त्री खनालसँग सुदूरपश्चिम सरकारको माग

Chaupati
safha napa

धनगढी। सुदूरपश्चिम प्रदेशमा धान खरिद र मल अनुदानको कोटा बढाइदिन संघीय अर्थमन्त्री रामेश्वर खनालसंग माग गरिएको छ । अर्थमन्त्री खनालसँग सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले हिजो धनगढीमा भएको भेटवार्ताका क्रममा उक्त माग राखेका हुन् ।

धान खरिदको कोटा अपर्याप्त भएको भन्दै सुदूरपश्चिमका किसानहरूलाई राहत मिल्ने गरी थप धान खरिद कोटा ५० हजार क्विन्टलले बढाइदिन मुख्यमन्त्री शाहले आग्रह गरे हुन् । यसवर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुदूरपश्चिमका लागि ३५ हजार क्विन्टल कोटा तोकेको थियो । खाद्यले ३८ हजार ९ सय ४८ क्विन्टल खरिद गरिसकेको छ ।

यस्तै मलखादको अनुदान कोटा १३ प्रतिशत हुनुपर्नेमा हाल ६ प्रतिशतमा सीमित भएकाले तत्काल समाधान खोजिदिन पनि आग्रह गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । साथै मुख्यमन्त्री शाहले डडेल्धुरा सदरमुकामको सडक स्तरोन्नति गर्न अविलम्ब ठेक्का प्रक्रिया अगाडि बढाई योजनालाई बहुवर्षीय बनाउन अनुरोध गरेका थिए ।

भेटवार्तामा प्रदेशका विकास आयोजना, कृषि तथा आर्थिक व्यवस्थापनका विषयमा छलफल भएको थियो । २४ गतेको आगजनीबाट भएको क्षति, अर्थ मन्त्रालयको परिपत्रअनुसार प्रदेश मुख्यमन्त्री, मन्त्रीहरू एवं प्रदेशसभा सदस्यहरूको सेवासुविधा कटौती, प्रहरी समायोजन ऐन, निजामती ऐन, प्रदेश सरकारले गरेका खर्च कटौतीका प्रयास लगायतका विषयमा पनि छलफल भएको थियो ।


२३ मंसिर २०८२, मंगलवार १०:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु