punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

Chaupati
safha napa

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज सामान्य गिरावट आएको छ। बुधबारको तुलनामा आज सुन र चाँदी दुवैको भाउ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु २ लाख ५३ हजार ३०० कायम भएको छ।

बुधबार सुन प्रतितोला रु २ लाख ५४ हजार १०० मा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्यमा प्रतितोला रु ८०० ले कमी आएको छ।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासङ्घका अनुसार आज चाँदी प्रतितोला रु ३ हजार ६२५ निर्धारण गरिएको छ, जुन बुधबारको तुलनामा रु ३० ले कम हो।

हिजो चाँदी प्रतितोला रु ३ हजार ६५५ मा कारोबार भएको थियो।


१८ मंसिर २०८२, बिहीवार १३:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु