punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

क्रियाशील सदस्यता वितरणबारे भ्रातृ संस्थाका पदाधिकारीहरूसँग छलफल गर्‍दै कांग्रेस

Chaupati
safha napa

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणबारे आज सबै भ्रातृ संस्थाका पदाधिकारीहरूसँग छलफल गर्दैछ। दिउँसो एक बजे छलफल राखिएको क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली स्नेहीले जानकारी दिए। उनका अनुसार युवाहरुको सहभागिता समेत सन्तुलित बनाउनेगरी उनीहरुसँग छलफल गर्न लागिएको हो।

कांग्रेसले आजसम्म देशैभर क्रियाशील सदस्यता फारम पुर्‍याउँदैछ। कांग्रेसले यसअघि क्रियाशील सदस्यता नवीकरण सुरू गरे पनि नयाँ क्रियाशील वितरण गरेको थिएन। करिब ९ लाख क्रियाशील सदस्य रहेको कांग्रेसमा अहिले भने वडा तहमा ६ लाख जनाले नवीकरण गरेका छन्।

मंसिर १५ गते केन्द्रीय समिति बैठक गरेर कांग्रेसले वडादेखि केन्द्रसम्म ७ तहको अधिवेशन कार्यतालिका ल्याएको थियो। जसअनुसार भोलिसम्म नयाँ क्रियाशील फारम वितरण गरिसकेर २४ गते फारम भरिसक्नुपर्नेछ।

कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुँदैछ। यसपटक विधानले निषेध गरेका बाहेक सबैलाई सदस्यता नवीकरणको बाटो खोलिएको छ।


१९ मंसिर २०८२, शुक्रवार १२:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु