punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

Chaupati
safha napa

धनगढी। सुदूरपश्चिम प्रदेशमा आज हर्षोल्लासका ओल्के पर्व मनाइँदैछ।

ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ। आफूभन्दा ठुलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ।

यसका साथै बिहानै नुहाइधुवाइ गरी विभिन्न परिकार बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात् उपहार दिने पनि गरिन्छ। वर्षापछि सङ्कटबाट बचेको र नवजीवन प्राप्त भएको खुसियालीमा यस क्षेत्रमा ओल्के मनाउने प्रचलन रहेको संस्कृतिका जानकार जयानन्द भट्टले बताए। यो दिन ओल्कोको रूपमा फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, गुड र पक्वान आदि मान्यजन र आफन्तकहाँ लिएर भेटघाट गर्न जाने चलन छ।

धेरैजसो ठाउँमा मन्दिरमा अन्न चढाई ओल्को हाल्दछन्। यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक तथा जेठो पर्वका रूपमा पनि रहिआएको छभने सिंह सङ्क्रान्ति पनि भन्ने गरिएको छ। ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही वस्तु वा उपहारलाई जनाउने पण्डित दयाकृष्ण पन्तले बताए। उनले भने, “ठूलालाई सम्मान र सानालाई माया गर्नु हाम्रा पर्वहरूका मुख्य विशेषता हो, ओल्कोलाई शाब्दिक अर्थले उपहार लिनु दिनुमा मात्र नभई संस्कृति, परम्परा र आस्थाका रूपमा पनि चिनिन्छ।”

यसैबिच, ओल्के पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ।


१ भदौ २०८२, आइतवार १०:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु