punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निर्यातमा इतिहासकै उच्च विन्दु  हासिल: प्रधानमन्त्री ओली

Chaupati
safha napa

काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१/२०८२ मा  निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत आव २०८१/२०८२ मा नेपालले दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी गराए।

आफू प्रधानमन्त्री हुनुअघि अघिल्लो वर्ष नेपालको कूल निर्यात एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख मात्र रहेको उनले उल्लेख गरे। प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘यस वर्ष निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको छ। दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाखको निर्यात गर्न हामी सफल भएका छौँ। हामी सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको निर्यात भएको थियो। गत वर्षको तुलनामा ८१ दशमलव ८० प्रतिशत निर्यात बढेको छ।’

 


८ साउन २०८२, बिहीवार ११:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु