punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नाउपामा रञ्जिताको बिकल्प खाजौँ: लक्ष्मण थारू

Chaupati
safha napa

धनगढी। थरुहट नेता लक्ष्मण थारूले नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठको नेतृत्वमा पार्टी चल्न नसक्ने भन्दै ठोकुवा गरेका छन्। रञ्जिताले नाउपालाई आफ्नो खल्तीको पार्टी जस्तै चलाएको आक्रोश व्यक्त गर्दै उनले रेशम चौधरीलाई रञ्जिताको विकल्प खोज्न समेत भनेको खुलाएका छन्। चितवनको ड्रागन फर्मबाट बिहीबार फेसबुकमा भिडियो सन्देश सार्वजनिक गर्दै उनले पार्टीको नेतृत्वबारे नाउपा संरक्षक रेशम चौधरीसँग गम्भीर कुरा गरेको उल्लेख गरे। उनले भने, ‘रेशमसँग गम्भीर छु। उहाँले (रञ्जिता) पार्टी हाँक्न सक्नुहुन्न। उहाँको विकल्प खोज्नूस् भनेको छु। २१ जनाले पार्टी चल्नेवाला छैन। तपाईको (रञ्जिता) को नेतृत्वमा ०८४ को चुनावमा जान सक्दैनौ। पार्टीको सांगठनिक कार्यमा दौड्न सक्दैनौ। अब यो तरिका पार्टी चल्नेवाला छैन।’

त्यस्तै, नेता थारूले नागरिक उन्मुक्ति पार्टी पटक–पटक सरकारमा गएपनि थरुहट आन्दोलन घटना सम्बन्धी लाल आयोगको प्रतिवेदन सार्वजनिक गराउन नसकेको बताएका छन्। अझै पनि टीकापुर घटनामा झुठ्ठा मुद्दा लगाइएका ३५ जना थारुहरू कुनै पनि बेला जेल जान सक्ने बताउँदै नेता थारूले रञ्जितालाई प्रश्न गर्दै भने, ‘रञ्जिता जी लाल आयोगको प्रतिवेदन खै रु रेशम जी अब कठोर निर्णय लिनुपर्छ। तपाईसँग साँसद टाढिन सक्छन्। मुख्यमन्त्री टाढिन सक्छन्। तर जनतासँग जोडिनुस्। हामी भदौ ७ गते टीकापुर आउँदैछौ।’

 


२ साउन २०८२, शुक्रवार १३:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु