गुजरातमा पुल भत्किँएर गाडी नदिमा खस्दा ९ जनाको मृत्यु

काठमाडौं । गुजरातको वडोदरास्थित महिसागर नदीमा बनेको पक्की पुल बुधबार बिहान भत्किँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ। दुर्घटनाको समयमा पुलबाट सवारिसाधन नदिमा खस्दा यात्रुको ज्यान गएको हो ।

पुल भत्किँदा दुईवटा ट्रक, दुईवटा कार र एक रिक्सा गरी पाँचवटा सवारी नदीमा खसेका थिए । एउटा ट्यांकर भत्किएको पुल छेउमा अड्किएको छ।

सो दुर्घटनामा ८ जनालाई स्थानीयले उद्धार गरेका छन्। उद्धार कार्यका लागि दमकल विभागका तीन टोली खटाइएको छ। ४५ वर्ष पुरानो यो पुलले मध्यगुजरातलाई सौराष्ट्रसँग जोड्थ्यो।

पुल भत्किएपछि भरुच, सुरत, नवसारी, तापी र वलसाडजस्ता दक्षिण गुजरातका सहरहरूबाट सौराष्ट्र पुग्न थप समय लाग्नेछ। अब यात्रुहरूलाई अहमदाबाद भएर लामो बाटो प्रयोग गर्नुपर्नेछ।

यस घटनामा घाइतेमध्ये ६ जनालाई पादरा अस्पताल र २ जनालाई वडोदरास्थित सयाजी अस्पतालमा स्थानान्तरण गरिएको छ।

स्थानीयले प्रशासनप्रति आक्रोश व्यक्त गरे। उनीहरूका अनुसार ४५ वर्ष पुरानो पुलको मर्मतका लागि प्रशासनलाई पटक-पटक जानकारी दिइएको थियो।


२५ असार २०८२, बुधवार १५:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु