#belauri nagarpalika
#belauri

बुढीगंगामा संचालन भएको १ महिने माटोका सामाग्री निर्माण तालिम सम्पन्न

#belauri
#bhimdat

बाजुरा। मेरो सीप मेरो रोजगारीको आधार भन्ने नारासहित बाजुराको बुढीगंगा नगरपालिकामा सुरु भएको एक महिने माटोका सामाग्री निर्माण  तालिम सम्पन्न भएको छ। स्थानीय कुमाल समुदायका युवाहरुलाई लक्षित गरि संचालन भएको तालिम हिजो एक कार्यक्रमका बीच समापन भएको हो ।

बुढीगंगा सीप विकास तथा प्रशिक्षण केन्द्र र जि.आइ. जेड / रिप ग्रीन  परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा संचालन भएको उक्त तालिमले स्थानीय कुमाल समुदायका  युवायुवतीलाई आत्मनिर्भर र व्यवसायमुखी बनाउने लक्ष्यका साथ तालिमको आयोजना गरेको थियो । बुढीगंगा नगरपालिका वार्ड न. ८ मा संचालन भएको तालिममा स्थानीय कुमाल समुदायका युवायुवतीहरूको सहभागिता रहेको थियो ।


बुढीगंगामा रहेका कुमाल समुदायको लगभग लोप भइसकेको  परम्परागत पेशालाई प्रबर्द्धन गरि स्थानियस्तरमा रोजगारी सृजना गर्नका लागि समुदाय र बजारको माग अनुसार तालिमको आयोजना गरिएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख  रामबहादुर  बानियाँले बताए ।

समापन समारोहमा बोल्दै नगर प्रमुख  बानियाँले यो  तालिमले कम्तीमा केही युवाहरूमा स्वरोजगारप्रति प्रेरणा जगाउनेछ भन्नेमा आफू  ढुक्क रहेको बताएका छन् ।

परम्परागत सिपलाई आधुनिकीकरण गर्दै नगरपालिकाका स्थानिय कुमाल समुदायका युवाहरुलाई परम्परागत पेशामा आवद्ध बनाउने योजना अनुसार यो १ महिने माटोका भाँडा बनाउने तालिम संचालन गरेको बानियाँले बताए । तालिम तालिममा मात्र सिमित नहुनका लागि व्यवसायीकरण गर्न नगरपालिकाले  आवश्यक सहयोग पुर्‍याउने कुरा उल्लेख गर्दै बानियाँले भने  “यी सीपहरू केवल अभ्यासमा मात्रै सीमित रहने छैन , व्यवसायको रूपमा विकास हुन्छ, त्यस्कालागि नगरपालिकाले आवश्यक सहयोग गर्नेछ।”

कार्यक्रममा नगर उपप्रमुख माया खड्का (कुँवर) ले बुढीगंगा नगरपालिकाले नगरभित्रका युवा युवतीहरुको सीप तथा क्षमता विकासमा काम गरिरहेको बताइन् ।नगरपालिकाले स्थानीयस्तरमा रहेका सम्भावनाहरुको पहिचान गरि पालिका भित्र अवसरहरु सृजना गर्न नगरपालिका प्रयासरत रहेको बताइन् ।

तालिममा जि.आइ.जेडको रिप ग्रीन परियोजनाले दुई जना प्रशिक्षकको व्यवस्था गरेको थियो ।
तालिमको समापन पश्चात् पनि तालिममा सहभागी कुमाल समुदायका युवायुवतीहरुलाई व्यवसाय दर्ता , व्यावसायिक योजना निर्माणका साथै बजारीकरणका लागि निरन्तर सहयोग गर्ने रिप ग्रीन परियोजनाका निर्पबहादुर कुमालले बताए ।

गत जेठ २१ गतेदेखि सुरु भएको १ महिने  तालिममा
१५ जना युवायुवतीको सहभागिता रहेको थियो ।
तालीम समापन समारोहमा स्थानीय समुदायका अगुवा, वडा न . ८ का वडाध्यक्ष , वडा सदस्यहरु प्रशिक्षकहरू, तथा पत्रकारहरुको  समेत उपस्थिति रहेको थियो ।


२१ असार २०८२, शनिवार २२:२८ बजे प्रकाशित

#belauri nagarpalika

प्रतिक्रिया दिनुहोस्

Badekdar
#badhimalika nagarpalika

सम्बन्धित शीर्षकहरु