punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खप्तड क्षेत्र विकास समितिको कार्यकारी निर्देशक नियुक्ति विवादले मागियो मन्त्रीको राजिनामा

Chaupati
safha napa

धनगढी। मुख्यमन्त्री कमल बहादुर शाह सगं समन्वय नगरी खप्तड क्षेत्र विकास समितिको कार्यकारी निर्देशक नियुक्ति भएपछि सुदुरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीको राजिनामा मागिएको छ । कार्यकारी निर्देशक नियुक्त भएको १५ दिनपछि मुख्यमन्त्री शाहले थाहा पाएपछि मन्त्री चौधरीलाई राजिनामा दिन निर्देशन दिएका हुन् । बुधबार मुख्यमन्त्री कमल बहादुर शाहले बजेट निर्माणमा असहयोग गरेको भन्दै मन्त्री चौधरीलाई राजीनामा दिन निर्देशन दिएका थिए।

मन्त्री चौधरीले मुख्यमन्त्रीमा शाहलाई बनाउन महत्वपुर्ण भुमिका खेलेको भएपनि अहिले राजिनामा दिन निर्देशन गरेको गुनासो गरे । मन्त्री चौधरीका अनुसार गठबन्धन दलहरूबिच भएको ’भद्र सहमति’ अनुसार नै खप्तड क्षेत्र विकास समितिमा कार्यकारी निर्देशकको नियुक्ति गरिएको थियो । तर, नियुक्तिपछि मुख्यमन्त्रीले आफूलाई बोलाएर ‘किन गर्नुभयोरु मलाई नसोधेर किन गर्नुभयोरु’ भन्दै ‘तुरुन्तै राजीनामा दिनुस्,’ भनेर निर्देशन दिएको उनले बताए ।

आफूले मुख्यमन्त्रीसँगको संवादमा स्पष्टसँग आफ्ना कुरा राखेको मन्त्री चौधरीले बताए । उनले भने, ‘मैले उहाँलाई भनेको छु, यदि मैले कुनै गल्ती गर्‍या छु भने हजुरले मलाई तत्काल बर्खास्त गर्दिनुस् । मन्त्रीले कहीँ गल्ती गर्छ भने मुख्यमन्त्रीलाई बर्खास्त गर्ने अधिकार छ । मन्त्री चौधरीले पार्टीले गर्ने निर्णयअनुसार आगामी कदम अगाडि बढ्ने बताएका छन् । ‘पार्टीको बैठक बसिरहेको छ,पार्टीले जे भन्यो, त्यहीअनुसार अघि बढ्छौँ,’ उनले भने ।
मन्त्री चौधरी नागरिक उन्मुक्ति पार्टीका सांसद् हुन् ।

 


५ असार २०८२, बिहीवार १७:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु