जिल्ला प्रहरी कार्यालय कैलालीद्वारा तयार पारिएको “लागु औषध नियन्त्रण कार्यविधि, २०८२” सार्वजनिक

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले लागुऔषध नियन्त्रण कार्यविधि २०८२ सार्वजनिक गरेको छ । आज जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरि सो कार्यविधि सार्वजनिक गरेको हो ।

प्रहरीले सो कार्यविधिलाई प्रभावकारी कार्यान्वयन गर्न पत्रकारहरुसँग सुझाव पनि मागेको थियो । जिल्लाका गाउँ टोल देखि पालिका स्तरसम्म लागुऔषध दुर्व्यसनीमा फसेका र अभिभावकसँग ४ दिने अनुशिक्षणका कार्यक्रमको समेत कार्यविधिमा चर्चा गरिएको छ ।

कार्यक्रममा ९ लाख ७६ हजार खर्च हुने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एवं प्रहरी उपरीक्षक बाल नरसिहं राणाले जानकारी दिए । ‘काम हामी गर्छौँ बिल भुक्तानी पालिकाले गर्ने हो’ उनले भने ‘सहभागीहरुका लागि खाना खर्च र भत्ताको समेत व्यवस्था गरिने छ ।’

मनोचिकित्सकद्वारा परामर्श, सहभागिको सामुहिक प्रतिवद्धता, समिति गठन,भौतिक रुपमा बसालेर पाठ्यक्रम वनाई परामर्श गर्ने जस्ता कार्यक्रम कार्यविधिमा समेटेको उनले बताए । उनले यो कार्यविधीले पछिल्लो समय समुदायस्तरमा फैलिएको लागुऔषध दुर्व्यसनीको समस्या समाधानमा महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।


१ असार २०८२, आइतवार १४:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु