धनगढी उपमहानगरद्वारा आयोजित बाँझोपन सम्बन्धी शिविरमा १८० जनालाई उपचार र परामर्श सेवा प्रदान

धनगढी उपमहानगरद्वारा आयोजित बाँझोपन सम्बन्धी शिविरमा १८० जनालाई उपचार र परामर्श सेवा प्रदान
धनगढी।धनगढी उपमहानगरपालिकाले आयोजना गरेको बाँझोपन सम्बन्धी स्वास्थ्य शिविरमा १९० जनाले उपचार तथा परामर्श सेवा लिएका छन्। धनगढी-१३ को बहुउद्देश्यीय भवनमा सञ्चालित शिविरमा ९० जना दम्पतीले निस्शुल्क उपचार तथा परामर्श सेवा लिएका हुन्।
धनगढी उपमहानगरपालिका र प्यासिफिक आइभिएफ सेन्टर ललितपुरको समन्वयमा जेठ २३ गतेदेखि २५ गतेसम्म निस्शुल्क शिविर लागेको थियो। बाँझोपना सम्बन्धी स्वास्थ्य शिविरमा निःशुल्क वीर्य परीक्षण, ट्रान्सभजाइनल सोनोग्राफी गरिनुका साथै बाँझोपनको उपयुक्त उपचारको बिधिबारे जानकारी र परामर्श सेवा प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख जगदीश अवस्थील बताए।
२७ जेठ २०८२, मंगलवार १०:५२ बजे प्रकाशित