धनगढी र भजनीबाट भन्सार छलीका सामान बरामद

धनगढी । कैलालीको धनगढी र भजनीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।
धनगढी—३ त्रिनगर ब्यारेल, धनगढी—९ त्रीवेणीघाट ,धनगढी—१५ कनरी सामुदायिक वन र भजनी —३ पडरीयाबाट अवैधरुपमा भन्सार छली गरी ल्याइएका अन्दाजी १ लाख १८ हजार ५५० मूल्य बराबरका सामान बरामद गरिएको हो ।
भन्सार छलीको चिनी, बिडी,सरप, बिस्कुट, पास्ता, बोष्टन फास्टर जिङक फास्ट जिङक, छाता,प्लाष्टिक डोरी लगायतकासामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
२६ जेठ २०८२, सोमवार १०:०८ बजे प्रकाशित