बाजुरा जिप दुर्घटनामा नेपाल टेलिकमका प्रमुख खड्कासहित ३ जनाकाे मृत्यु

धनगढी । बाजुरामा नेपाल टेलिकमकाे जिप दुर्घटना हुँदा प्रमुखसहित तीन जनाकाे मृत्यु भएकाे छ ।

जगन्नाथ गाउँपालिका- २ काे काँडाकोटमा मंगलबार बिहान साढे ९ बजे  नेपाल टेलिकमकाे बा ५ च २२०९ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाकाे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रहरी ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक(डीएसपी) टेक जाेराले दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख  लोक बहादुर खड्का, चालक नन्दराम महता र जीपमा सवार रविन्द्र धामीकाे मृत्यु भएकाे जानकारी दिए ।

घाइते हुनेमा नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा रहेका छन् । टेलिकमकाे जिप टावर मर्मतका लागि घटना भएकाे क्षेत्रमा पुगेकाे प्रहरीले जनाएका छन्  ।


१३ जेठ २०८२, मंगलवार १३:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु