सुनको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं।स्थानीय बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य २ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन सुनको भाउमा ७ हजार ५ सय रुपैयाँको भारी गिरावट आएको थियो ।

आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य आज ४५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार १० रुपैयाँ कायम भएको छ ।


११ वैशाख २०८२, बिहीवार १२:५९ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु