punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नवरात्र शुरुभएसंगै बैतडीका शक्तिपीठहरुमा जमरा राखेर पूजाआजा गरिदैँ

Chaupati
safha napa

बैतडी । आजदेखि चैते नवरात्र (चैतेदशै) शुरु भएको छ । चैत नवरात्र शुरु भएसंगै बैतडीमा रहेका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा भक्तजनहरुको घुइँचो लागेको छ । नवरात्रको समयमा शक्तिपीठ तथा मन्दिरहरुमा बलिसहित पूजाआजा हुने गरेको निङ्गलाशैनी भगवती मन्दिरका मूल पूजारी देवदत्त भट्टले बताए । नवरात्रको पहिलो दिन आज मन्दिरहरुमा जमरा राख्ने चलन रहेको छ ।

बैतडीका प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिर, त्रिपुरासुन्दरी भगवती मन्दिर, मेलौली भगवती मन्दिर, डिलाशैनी भगवती मन्दिर, कफलाशैनी भगवती मन्दिर, फाल्ङाशैनी भगवती मन्दिर लगायतका शक्तिपीठहरुमा पूजाआजा शुरु गरिएको छ । यी शक्तिपीठहरुमा स्थानीय परम्परा अनुसार चैत्राष्टमी र अन्य तिथीहरुमा बलिसहित जात्रा हुने गरेको निङ्गलाशैनी भगवती मन्दिरमा पूजारी भट्टले बताए । यस्तै जिल्लामा रहेका सिगास, केदार, वासुलिङ्ग, शिवनाथ, उदयदेव, भूमीराज, दोगडाकेदार लगायतका मन्दिरहरुमा पनि नवरात्रको अवसरमा जमरा राख्ने चलन रही आएको छ ।

नवरात्रको समयमा शक्तिपीठ तथा मन्दिरहरुमा दैनिक नित्य पूजापाठ गर्ने गरिएको आचार्य लेखकले बताए । शक्तिपीठ तथा मन्दिरहरुमा चैते नवरात्रको समयमा पूजापाठका लागि टाढाटाढाबाट भक्तजनहरु आउने गरेका छन् । बसाइसराइ गरेर गएकाहरु पनि चैत नवरात्रको समयमा पुख्र्यौलीको थलोमा फर्कने गरेका छन् । बैतडीमा रहेका शक्तिपीठ तथा मन्दिरहरुमा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय क्षेत्रबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।


१७ चैत २०८१, आइतवार १३:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु