punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछाममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाईते

Chaupati
safha napa

अछाम। अछाममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्।

अछामको मंगलसैन नगरपालिका–५ स्थित खाध्या मोड नजिकै मध्य पहाडी लोकमार्गमा ठुलासेनबाट मंगलसैन तर्फ जादै गरेको से ७ प १४६९ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा चालक मंगलसैन नगरपालिका–१ कुन्ति बस्ने २० वर्षीय जिवन थापाको मृत्यु भएको हो। दुर्घटना हुँदा थापा घाइते भएपछि उपचारको लागि जिल्ला अस्पताल मंगलसैनमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने १७ वर्षीय चेतन थापा घाइते भएका छन्। चेतनको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भईरहेको प्रहरीले जनाएको छ। मोटरसाईकल अनियन्त्रित भई सडकबाट अन्दाजी ३५ मिटर तल तल्लो मोडमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।


१३ चैत २०८१, बुधवार ०९:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु