अर्जुन ट्रफी : आज फाइनल, उपाधिकालागि अत्तरिया र डडेल्धुरा भिड्दै

धनगढी । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ। दिउँसो १२:१५ बजे देखि सुरु हुने खेलमा उपाधिका लागि सिबाईसी अत्तरिया र फेण्ड्स क्लब डडेल्धुरा बिच प्रतिस्पर्धा हुनेछ।

आइतबार  भएको देस्रो सेमिफाइनल खेलमा अत्तरियाले धनगढीलाई पराजित गर्दै फाइनमा पुगेको छ भने शनिवार भएको पहिलो सेमिफाइनल खेलमा डडेल्धुरा न्यु होराईजन बुटवललाई पराजित गर्दै फाइनमा पुगेको थियो।

धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको प्रतियोगितामा विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाखसहित ट्रफी पाउनेछन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०–५० हजार पाउनेछन्।


२८ माघ २०८१, सोमवार ०९:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु