दाङमा आधा किलो सुन र १ लाख रुपैयाँभन्दा बढी नगदसहित युवक पक्राउ
दाङ । प्रहरीले आधा किलो अवैध सुन र १ लाख रुपैयाँभन्दा बढी नगदसहित दाङमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका–१४ मिलन चोक बस्ने २५ वर्षीय रञ्जित रसाइली रहेका छन् ।
उनलाई सो परिणामको सुन र पैसासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
२८ माघ २०८१, सोमवार ०१:१० बजे प्रकाशित













