नेपाल महिला संघ कैलालीको अध्यक्षमा शारदा सुनाम
धनगढी। नेपाल महिला संघ कैलालीको अध्यक्षमा शारदा सुनाम मनाेनयन भएकी छन् । नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघको जिल्ला कार्यसमिति कैलालीको अध्यक्षमा उनलाई मनाेनयन गरिएकाे हो । उनी यस अघि संघको जिल्ला सचिव पदमा कार्यरत थिईन ।
सुनामलाई यहि माघ १८ गते कैलाली जिल्ला अध्यक्षमा मनोनयन गरेको नेपाल महिला संघको केन्द्रिय समितिले जनाएको छ । 
२२ माघ २०८१, मंगलवार २१:३२ बजे प्रकाशित













