punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बढ्यो अस्ट्रेलियन डलर, कति छ कुवेती दिनार?

Chaupati
safha napa

काठमाडौँ।नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा अस्ट्रेलियन डलरको मूल्य बढेको छ। तर, कुबेती र बहराइन दिनार, पाउन्ड, युरोसहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनियमदर यही थियो।

आज युरो एकको खरिदर एक सय ४३ रुपैया ३१ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ९३ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४३ रुपैया ४८ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ १० पैसा थियो।

आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ११ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ३४ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ९० र बिक्रीदर ८६ रुपैयाँ २७ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ८९ र बिक्रीदर ८६ रुपैयाँ २६ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ ०३ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ९७ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ १९ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ १३ पैसा थियो।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ७९ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ३८ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ८१ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ४० पैसा थियो।


२१ माघ २०८१, सोमवार ०६:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु