भारतमा रहेकी परराष्ट्रमन्त्री राणा आज स्वदेश फिर्ता हुने

 

काठमाडौं। स्वास्थ्य परीक्षणका लागि भारतमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा सोमबार (आज) स्वदेश फिर्ता हुने भएकी छिन्।

मन्त्री राणा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएर आज साँझ स्वदेश फर्कन लागेकी हुन्।

उनी बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट (टिएचआर) को ‘फलो अप’ स्वास्थ्य परीक्षणका लागि गत शुक्रबार भारत गएकी थिइन्। युरोपबाटै त्यहाँ पुगेकी उनले शनिबार र आइतबार स्वास्थ्य परीक्षण गराएको सचिवालयले जानकारी दिएको छ।

स्वास्थ्य परीक्षणका लागि गएका कारण यस पटक कुनै औपचारिक भेटघाटको कार्यक्रम थिएन।

 


८ पुस २०८१, सोमवार १२:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु