रवि लामिछाने जिउँदो रहँदासम्म पार्टी सभापतिः अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रवि लामिछाने जिउँदो रहँदासम्म उनी नै पार्टी सभापति रहिरहने बताएका छन् ।
नेतृत्वले जेलमै बसेर पार्टी सञ्चालन गरेको र जेलबाट निस्किएको भोलिपल्ट प्रधानमन्त्रीको कुर्सीमा बसेको इतिहास संसारमा धेरै रहेको स्मरण गर्दैै उनले लामिछाने नै पार्टी सभापति रहिरहने बताएका हुन् ।
आइतबार पोखराको महेन्द्रपुलमा पार्टीले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै उनले रवि जहाँ–जहाँ बस्छन् उनको सभापति पद निरन्तर रहने बताएका हुन् ।
लामिछाने पक्राउको विरोधमा सम्बोधन गर्दै उनले भने, ‘उहाँ जहाँ–जहाँ बस्नुहुन्छ, उहाँको सभापति पद निरन्तर रहन्छ । उहाँ हिरासतमा रहनुहोला, उहाँ जेलमा रहनुहोला, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने नै हो । उहाँले नै यो पार्टीको नेतृत्व गर्नुहुनेछ ।’
२६ कात्तिक २०८१, सोमवार ०७:०९ बजे प्रकाशित