punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाढीपहिरोले अवरूद्ध भएका विभिन्न राजमार्गका १७ सडकखण्ड अझै अवरुद्ध

Chaupati
safha napa

काठमाडौँ। गत शुक्रवारदेखि अविरल बर्षाका कारण आएको बाढीपहिरोले अवरूद्ध भएका विभिन्न राजमार्गका १७ सडकखण्ड अझै  सुचारु हुन सकेका छैनन् ।

नेपाल प्रहरीकाअनुसार बाढीपहिरोले अवरूद्ध पारेका धेरै सडकखण्ड सञ्चालनमा आए पनि १७ वटा अझै सञ्चालनमा आउन सकेका छैनन्। अन्य सात सडकखण्ड एकतर्फी खुलाइएका छन्।

प्रहरीले आज साँझ सार्वजनिक गरेको सूचनाअनुसार दक्षिणकाली-सिस्नेरी, ललितपुरको लेले-टीकाभैरव, धनकुटाको राँके भेडेटार सडकखण्ड पूर्ण अवरूद्ध छ। यस्तै, बागमती प्रदेशका कान्ति लोकपथ, कुलेखानी-मार्खु, भीमफेदी-कुलेखानी-फाखेल, बीपी राजमार्गका विभिन्न क्षेत्रका सडकखण्ड अवरूद्ध छन्।

मध्यपहाडी लोकमार्ग सुनामवेशी, अकरेभिर, बाह्रबीसे-तातोपानी, रामेछाप-सिन्धुली-खुरकोट, कालीगण्डकी करिडोर सालझण्डी-अर्घाखाँची-ढोरपाटन सडकखण्ड र पूर्वपश्चिम राजमार्गको मध्यविन्दु सडकखण्ड पनि अवरूद्ध रहेका प्रहरीले जनाएको छ।

अवरूद्ध रहेका दाउन्ने, पृथ्वीराजमार्गको बन्दीपुर खण्ड, तनहुँ व्यास नगरपालिका, पाँचखाल हनुमानगढी केराघारी, पृथ्वी लोकमार्गको बेनीघाट खण्ड, सुनकोसी कमेरेडाँडालगायतका खण्ड एकतर्फी सञ्चालनमा ल्याइएका छन्।

एकतर्फी सडकमा दुईतर्फी यातायात सञ्चालन र अवरूद्ध सडक खुलाउने काम भइरहेको छ भने दाउन्नेमा भने आज राति बाटो बन्द गरेर थप काम गरिने जनाइएको छ। 


१६ असोज २०८१, बुधवार ०४:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु