punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बागमती प्रदेशको सर्वदलीय बैठक : मृतकका परिवारलाई दुई लाख, अस्थायी आवास निर्माणका लागि एक लाख दिने

Chaupati
safha napa

बागमती प्रदेशको सर्वदलीय बैठकले प्रदेश भित्र स्थायी बसोबास गर्ने मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा सोमबार साँझ जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा बसेको सर्वदलीय बैठकले बाढी पहिरो र डुबानमा परेर मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति स्वरुप प्रति मृतक २ लाख रुपैयाँ राहत तत्काल दिने निर्णय गरेको हो ।

बैठकले पिडितलाई अस्थायी आवास निर्माणका लागि पूर्ण क्षतिको विवरण संकलन गरि प्रदेश सरकारले एक लाख सहयोग गर्ने निर्णय गरेको छ ।

यसका साथै घाइतेहरूको निःशुल्क उपचार गर्ने व्यवस्थापन मिलाउने, तत्काल उद्धार राहत र पुर्ननिर्माणमा जुट्ने निर्णय, भौतिक रूपमा क्षति भएका सडक, पुल, विद्युत्, खानेपानी लगायतको व्यवस्थापन गर्न जिल्ला स्थित प्रदेश मातहतका कार्यालयहरू मार्फत बजेट व्यवस्थापन गर्ने र बस्ती, घर, चौपायहरुको क्षतिको विवरण संकलन गरी आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले अविरल वर्षाको कारण बागमती प्रदेशका विभिन्न स्थानहरुमा भएको विपद्जन्य घटनामा परि मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

साथै, घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । बैठकमा बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने ७ वटै राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


१५ असोज २०८१, मंगलवार ०५:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु