बाजुरामा चट्याङ लागेर एक महिला घाईते

बाजुरा । बाजुरामा चट्याङ लागेर एक महिला घाईते भएकी छन । जिल्लाको गौमुल गाउँपालिका– ४ कौडाकोट टोलकी साउनी रोकाया चट्याङ लागेर घाईते भएकी हुन ।

मंगलबार राति १२ बजेतिर चट्याङ लागेर रोकाया घाईते भएको वडाध्यक्ष अमर विकले बताएका छन् । उनका अनुसार चट्याङले रोकायाकै ४ वटा बाख्रा मरेका छन भने सोहि टोलका वडा सदस्य मंगल धामिको १ गोरू पनि मरेको छ । घाइते महिलाको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।


९ असोज २०८१, बुधवार १३:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु