सरकारलाई प्रश्न दलितलाई खै ?’

संविधानले दलित समुदायको अधिकारका लागि विभिन्न हक र अधिकारको व्यवस्था गरे पनि सरकारले तिनको कार्यान्वयन नगरेको भन्दै ‘दलितका लागि दलित अभियान, नेपाल’ ले बिहीबार माइतीघरमा प्रदर्शन गरेको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस अवसरमा अभियानले प्रदर्शन गरेको हो । प्रदर्शनमा मुलुकका विभिन्न जिल्लाबाट समेत आएका छन् । सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई विभेद गरिएको भन्दै अभियानले प्रदर्शन गरेको हो ।

पछिल्लो पटक मन्त्रिपरिषद् गठन असमावेशी भएको, डेढ दर्जन राजदूत नियुक्ति गर्दा समेत समावेशी व्यवस्थालाई बेवास्ता गरिएको, जातीय भेदभाव र छुवाछुतको निर्मूल पार्नका लागि सरकारले प्रभावकारी कानुन, नीति कार्यक्रम र बजेटको समेत प्रबन्ध नगरेको भन्दै युवाहरूले  विभिन्न प्ले-कार्डसहित र्‍याली निकालेर दलितलाई खै ? भन्दै प्रदर्शन गरे, सरकारलाई प्रश्न गरे । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले करिब एक महिनादेखि माइतीघर मण्डलामा शरीरमा नेल लगाएर दलितलाई खै भन्दै प्रदर्शन गर्दै आएका थिए ।


३ असोज २०८१, बिहीवार १२:५८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु