दाजु बहिनिको प्रेम असफल भए पछी,सगैं मर्ने कसम खाएर बिस सेवन

 

दाजु बहिनिको प्रेम असफल भए पछी,सगैं मर्ने कसम खाएर बिस सेवन

कैलालीको घोडाघोडी नगरपालिका–४ का २२ वर्षीय दिपक बिकको ३१ भदौमा सेती प्रादेशिक अस्पतालमा मृत्यु भयो । जबरजस्तीकरणी र हाड नाता करणी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका बिक जिल्ला कारागारको शौचालयमा लडिरहेको अवस्थामा भेटिएपछि प्रहरीले प्रादेशिक अस्पताल पुगाएको थियो । तर बिकको सोही दिन उपचारकै क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । बिकको मृत्युपछि उनकी प्रेमिका १४ वर्षीया किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक९एसपी० पदमबहादुर बिष्टले पहरी थरकी ती किशोरीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए ।

उनकाअनुसार ती किशोरी मृतक बिककी प्रेमिका मात्र नभएर आफ्नै काकाकी छोरी भएको खुलेको छ । नातामा दाजुबहिनी पर्ने उनीहरुबीच प्रेम सम्बन्ध रहेको थियो । उनै किशोरीलाई जबरजस्तीकरणी र हाडनाता करणी गरेको मुद्दामा दिपक पुर्पक्षका लागि कैलाली कारागार चलान भए्र बन्दी जीवन बिताइरहेका थिए । कतिपयले बिकको कारागारभित्र कुटपिट गरेर हत्या भएको दाबी गरेपनि घटनाको वास्तविकता भने फरक रहेको प्रहरीले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले प्रारम्भिक अनुसन्धानका क्रममा बिकको सलपास नामक विषादी सेवन गरेर मृत्यु भएको देखिएको बताए ।उक्त सलपास प्रेमिकामार्फत नै कारागारभित्र रहेका मृतकको हातमा पुगेको अनुसन्धानका क्रममा देखिएको प्रहरीको भनाई छ भने युवकको सुसाइड नोट समेत फेला परेको छ । प्रहरी स्रोतकाअनुसार ३४ पृष्ठ लामो सुसाइड नोटमा बिकले दुवै जनाले सँगै मर्ने बाचा गरेअनुसार मृत्युको बाटो रोजेको उल्लेख गरेका छन् ।

दिपकले ३७ पन्ने सुसाईट नोटमा दिपकले आफ्ना बा–आमा, बाजे–बज्यै, भाईहरु, फुपु, साथीहरु, आफुले प्रेम गरेकी महिला, उनका आफन्त सबैका बारेमा मिति र शिर्षक हालेर ‘सुसाईड नोट’ लेखेका छन ।
दिपक र उनकै परिवारभीत्रको बहिनी नाता पर्ने घोडाघोडी–१ ९नाम परिवर्तनका बीचमा केही वर्ष अघि प्रेम सम्बन्ध थियो । दिपक बालिग भईसकेपनि घोडाघोडी–१ नाबालिग भएकाले र हाडनाता पनि पर्ने भएकाले उनीहरुको प्रेमप्रति परिवारको सहमति हुने कुरै भएन । परिवारका सदस्यहरुले उनीहरुलाई छुट्याउन थालेको थाहा पाएपछि उनीहरु परिवारबाट छुटकारा पाउन भारत जान्छन । उनीहरु श्रीमान÷श्रीमतीझैं भारतमा बस्छन । घोडाघोडी–१ गर्भवती हुन्छिन तर परिवारका सदस्यहरुको उनीहरु बीचको हाडनाताको सम्बन्ध टुटाउने प्रयत्न जारि रहन्छ । परिवारका सदस्यहरु उनीहरुलाई ललाई फकाई भारतबाट नेपाल ल्याउछन । उनीहरुको विधिवत विहे गरिदिने भनेर ललाई फकाई गरेपछि भने दुबैजना नेपाल आउन तयार हुन्छन ।

तर नेपाल आएपछि परिणाम फरक हुन्छ । दिपकका विरुद्ध घोडाघोडी–१ लाई बलात्कार गरेको र हाडनाता करणीको आरोपमा ईप्रका सुखडमा मुद्धा पर्छ भने गर्भवती रहेकी घोडाघोडी–१ लाई गर्भपतन गराईन्छ । प्रहरीले दिपकलाई पक्राउ गरी जिल्ला अदालत कैलालीमा मुद्धा चलाउछ । २०८० को फागुन ३ गते जिल्ला अदालत कैलालीले दिपकलाई पुर्पक्षका लागि कैलाली कारागार पठाउछ । दिपकले कारागार गएपछि उनको र घोडाघोडी १ को सम्बन्धमा कुनै बदलाव देखिदैन । कैलाली कारागारका प्रमुख दिपकराज पाण्डे भन्छन, कारागारको भेटघाट रजिष्टरको विवरण हेर्दा कारागारमा आएको तेस्रो दिनदेखि घोडाघोडी १ दिपकलाई भेटन आउन सुरु गर्छिन ।

कैलाली कारागारको रजिष्टरमा घोडाघोडी–१ भदौको २६ गते दुुई किलोको डब्बामा अचार र केही फलफूल लिएर करागार प्रवेश गरेको देखिन्छ । कारागारको सिसि क्यामेरामा पनि घोडाघोडी १ ले अचार चाखेको पनि देखिन्छ तर प्रहरीले अचारको डब्बाको भीत्र नहेर्नु भने त्रुटी रहेको देखिन्छ ।

 

 


३ असोज २०८१, बिहीवार १२:०९ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु