केही भएन भन्नेहरुले २०४२ साल अघिको धनगढीबारे बाजे बज्यैलाई सोध्नु: उपप्रधानमन्त्री सिहं

धनगढी । उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाशमान सिहंले वास्तविकतामा नगई स्वतन्त्रता छ भन्दैमा केही भएन भन्ने भास्य श्रृजना गरिएको बताएका छन् । धनगढी उपमहानगरपालिकाको १० औँ स्थापना दिवशलाई सम्बोधन गर्दै सिहंले बिकासै भएन भनेर सामाजिक सञ्जालमा लेख्ने र भन्ने कुरा गलत भएको बताएका हुन् ।

केही काम भएन भनेर तपाईहरु सामाजिक सञ्जालमा लेख्नुहुन्छ उनले भने “वास्तविक केही नभएको हो र, तपाइहरु आजभोलीका युवा युवतीहरु २०४२ सालमा धनगढी कस्तो थियो भनेर एक पटक आमा बुवा अथवा बाजे बज्यैलाई सोध्नु होला, अनी के भएको रहेछ भनेर वास्तविक थाहा पाउनुहुन्छ ।” आटँ गरे धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण धनगढी बनेको उनले बताए ।

धनगढी उपमहानगरपालिकाको हरघडी नगर प्रहरी, शव चिस्यान सेवा, शव वाहन, वडा स्वास्थ्य क्लिनिक लगायतका जनमुखी कामले अन्य स्थानिय तहलाई समेत प्रेरणा मिल्ने उनको भनाई थियो ।

सिहंले राजनितिक स्थिरताका लागी दुई ठुला पार्टी मिलेको पनि बताएका छन् । उनले महिनै पिच्छे सरकार फेरिने अवस्थालाई अन्त्य गर्न दुई ठुला दल मिलेको बताएका हुन् । पछिल्लो २०७९ सालको निर्वाचनपछि देशमा राजनितिक अस्थिरता देखिएकाले त्यसको अन्त्य गर्न ठुला दल मिल्नु परेको सिहंले बताए ।

सरकारनै दिगो नबन्दा बिकास निर्माणका काम समेत प्रभावित हुने भएकाले यि सबै कुरालाई मध्यनजर गर्दै ठुला दल मिलेर स्थिरता दिन खोजेको उनले बताए । सरकारनै अस्थिर हुँदा जनतामा निरासा बढेको सिहंले बताए । बर्तमान सरकारले थुप्रै आशा जगाउने काम गरिरहेको बताउँदै सिहंले जनतामा आश पनि पलाएको दावी गरे ।

अहिले सबिंधान संसोधन गरेर गणतन्त्रबाट प्राप्त अधिकार समेत खोस्न लागिएको भन्ने हल्ला चलाइएको भन्दै सिहंले असन्तुस्टी पोखे । सघिंय लोकतान्त्रीक गणतन्त्र सहितको सबिंधानले दिएका अधिकार नखोसिने सिहंको भनाई छ । काग्रेंस, एमालेकै नेतृत्वमा आएको सबिंधानमा आवस्यकता  बमोजिम ससोंधन गरिने उनको भनाई छ । सबिंधान ससोंधनबाट कसैका अधिकार नखोसिने उनको भनाई छ ।


१ असोज २०८१, मंगलवार १५:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु