संघीय संसदका दुवै सदनको बैठक बस्दै,यस्तो छ कार्यसूची

काठमाडौं। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ ।  जसअन्तरगत प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

बैठकमा शहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।

अर्थ समितिका सभापति सन्तोष चालिसेले बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्ने, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रशारण विधेयक, २०७८ माथी छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, सार्वजनिक सेवा प्रशारण विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, सवा १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७९/८० सभा समक्ष पेस गर्ने, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापति मायाप्रसाद शर्माले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पाँचौं वार्षिक प्रतिवेदन, २०८०/८१ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

सभापति पदको निर्वाचनको मिति तोकिने राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाका विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोक्ने कार्यसूची रहेको छ ।


२५ भदौ २०८१, मंगलवार ११:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु