punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शुक्लाफाँटामा अवैध संरचना भत्काइँदै

Chaupati
safha napa

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका ११ स्थित कलुवापुर–बेलौरी सडकको क्षेत्राधिकार भित्र बनाइएका भौतिक संरचना हटाइने भएको छ ।

सडकको दाँया बाँया १५ मिटरको क्षेत्रमा बनाइएका खोका, छाप्रा, टहरा, ठेला, व्यवसायिक सामग्री, प्रचार प्रसारका सामग्री, पक्की भौतिक संरचना लगायत हटाउन लागिएको हो ।

सडक क्षेत्राधिकार भित्रका संरचना हटाउनका लागि तीन दिने सार्वजनिक सूचना प्रकाशित गरी सम्बन्धित व्यक्तिहरुलाई जानकारी दिने कार्य गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकत खेमराज विष्टले जानकारी दिए । उनका अनुसार यही साउन २७ गतेदेखि अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिने छ ।

“सडक अतिक्रमण हुँदा सवारी साधनको आवागमनमा असहज हुँदा दुर्घटनाको जोखिम उच्च रहेको छ” उनले भने, “सडकको सुन्दरतामा समेत प्रतिकूल असर परेको छ ।”

सूचनाको अवज्ञा गरी अवैध संरचना सम्बन्धित पक्षले नहटाइए प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अगाडी बढाइने उनले बताए । सडक अतिक्रमण हुँदा पानीको निकास थुनिएर बजार क्षेत्र जलमग्न हुने गरेको छ ।

संभावित संक्रामक रोगहरु फैलिन सक्ने उच्च सम्भावना बढेर गएपछि नगरपालिकाले अवैध संरचना हटाउनका लागि गाडी बढाएको बताइएको छ । दुई दिन अघि मात्रै नगरपालिकाले थुनिएको पानीको निकास अस्थायी रुपमा खोलेको थियो ।

पानीको निकास हुने ठाउँमा पक्कि भौतिक संरचना निर्माण गरिदा दिगो व्यवस्थापन हुन सकेको छैन ।


२७ साउन २०८१, आइतवार १०:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु