कर्णाली सरकारमा कांग्रेस सहभागी, ४ मन्त्रीले लिए सपथ

वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ ।

कांग्रेसबाट सहभागी ४ जना मन्त्रीलाई सोमबार प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।

कांग्रेसबाट सामाजिक विकासमन्त्रीमा दैलेखका घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकोटका राजीवविक्रम शाहले सपथ लिएका छन् ।

त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सल्यानका सुरेश अधिकारी । जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा हुम्लाकी विजया बुढाले सपथ लिएकी छिन् ।

माओवादी सरकारबाट बाहिरीएपछि खाली रहेका मन्त्रालयमा नेपाली कांग्रेसका ४ जना सांसदलाई नियुक्त गरेपछि कर्णाली प्रदेश सरकारले पनि पूर्णता पाएको छ ।

नेकपा माओवादीले साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो ।

यसअघि नेकपा एमालेबाट मुख्यमन्त्रीसहित १ राज्यमन्त्री र २ मन्त्री गरि ४ जना मन्त्री भइसकेका छन ।


२० साउन २०८१, आइतवार १५:०५ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु