धनगढीको तोलाहा तालमा डुबेर एक जनाको मृत्यु

धनगढी । धनगढीको तौलाहा तालमा डुबेर एक जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित तालमा मरेको माछा निकाल्न खोज्दा डुबेर सोही ठाउँका ६० वर्षीय ढाँटु रानाको मृत्यु भएको हो ।

पानीमा डुबिसकेको अवस्थामा उनलाई स्थानीयले उद्दार गरेको बताइएको छ । यसबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

धनगढी उपमहानगरपालिकाको स्वामित्वमा रहेको तोलाहा ताललाई माछापालनका लागि ठेक्कामा दिइएको छ ।

घेरा पर्खाल लगाएर व्यवस्थित गरिएको उक्त ताल परिसर भित्र होटल पनि सञ्चालनमा छ ।

 


१७ साउन २०८१, बिहीवार ११:१८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु