सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढ्यो

काठमाडौं, साउन १७ । नेपाली बजारमा आज सुनको मूल्य एकै दिन एक हजार ६ सय रुपैयाँले बढेको छ।

आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ४७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढ्दा आज चाँदीको मूल्य पनि बढेको छ।

आज चाँदी तोलामा २० रुपैयाँ बढेर प्रतितोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


१७ साउन २०८१, बिहीवार ११:२८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु