स्रोत नखुलेको १२ लाखसहित दुईजना पक्राउ

स्रोत नखुलेको १२ लाख रुपैयाँ नगदसहित दुईजना पक्राउ परेका छन् ।

तनहुँको व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रोल्पाको माडी गाउँपालिका–५ पासाबाङ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसीलाई पक्राउ गरिएको हो ।

काठमाडौंबाट मोटरसाइकलमा पोखरातर्फ गइरहेका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा उक्त नगद बरामद भएको हो ।


१० साउन २०८१, बिहीवार ०८:१० बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु