फुटबल प्रशिक्षक खड्काको निधन

धनगढी । राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी एवं प्रशिक्षक लालबहादुर खड्काको ५९ वर्षको उमेरमा निधन भएको छ ।
धनगढीस्थित आफ्नै घरमा मंगलबार बिहान अचानक बेहोस भएपछि अस्पताल पुर्याइएका खड्काको उपचारका क्रममा निधन भएको हो । उनलाई मस्तिष्कघात भएको पारिवारिक स्रोतले जनाएको छ ।
धनगढी क्षेत्रमा फुटबलको विकास र विस्तारमा नेतृत्वदायी योगदान दिएका खड्काले लामो समयसम्म सुदूरपश्चिम खेलकुद विकास समितिमा फुटबल प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
९ साउन २०८१, बुधवार ०७:२९ बजे प्रकाशित