इजरायलले गर्यो यमनमा आक्रमण

तेलअभिभ । हुथी विद्रोहीहरूले हमला गरेको एक दिनपछि इजरायलले यमनमा हमला गरेको हो ।

हुथी विद्रोहीको नियन्त्रणमा रहेको लालसागरमा रहेको हुदैदाह बन्दरगाहमा इजरायलले जवाफी हमला गरिएको समाचारमा उल्लेख छ ।

हुथी विद्रोहीसँग जोडिएको मिडिया आउटलेटका अनुसार यो हमलामा तीन जनाको मृत्यु भएको छ भने ८० जनाभन्दा धेरै घाइते भएका छन् । यो यमन विरुद्ध इजरायलको बर्बर हमला भएको हुथी अधिकारी मोहम्मद अब्दुल सलामले भनेका छन् ।

यो आक्रमणमार्फत आफ्नो देशले हुथी आन्दोलनकारीहरूलाई सन्देश दिन चाहेको इजरायली रक्षामन्त्री योआव ग्यालेन्टले भनेका छन् । यो हमला हुथी विद्रोहीमाथि दबाब सृजना गर्न गरिएको बताइएको छ ।

हुथीले गाजामा प्यालेष्टाइनीहरूलाई समर्थन गरिरहेका छन् । यो समर्थन बन्द गराउन पनि यो आक्रमण भएको बताइएको छ । गएको केही महीनामा हुथी विद्रोहीहरूले सयौं मिसाइल प्रहार गरेका छन् भने ड्रोनबाट पनि हमला भएका छन् ।

इजरायलीहरूले समुद्र तट नजिक रहेको तेल भन्डारण र त्यसको सामु रहेको ऊर्जा केन्द्रमा पनि हमला गरेका थिए ।


६ साउन २०८१, आइतवार १२:०९ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु